बिहिबार, जेष्ठ १५, २०७७

विष्णु खत्रीको ‘झरनाको पानी’ (म्युजिक भीडियो)


  • E-pari news
  • शुक्रबार, कार्तिक २२, २०७६

थम्मन थापा, गलकोट ।
नेपाली लोक दोहोरी क्षेत्रमा आफनो विशिष्ट पहिचान बनाएका कलाकार मध्ये एक हुन बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री ।

बागलुङको गलकोट नगरपालिका ७ मल्ममा जन्मेका खत्री लामो समयदेखि अनवरत रुपमा लोक दोहोरी क्षेत्रमा सक्रिय छन ।

सिसा टल्केको गीति एल्वमबाट आफनो सांगीतिक यात्रा तय गरेका खत्रीले नेपाली गीत संगीतको बजारमा हजारौं गीत श्रोता दर्शक सामु प्रस्तुत गरिसकेका छन । हरेक विषयवस्तुलाई गीत संगीतमा उतार्न सक्ने खुबी छ गायक खत्रीमा ।

उनी लोक दोहोरीमा आफुलाई निकै अब्बल सावित गरिसकेका छन । आफ्नै लय शब्द र स्वरमा कहिले भरिया, कहिले बेपत्ता परिवार, कहिले किसान, कहिले

विदेशमा नेपालीको पीडा, माया प्रेमसँगै सहिदका समेत गीतहरु मार्फत नेपाली लोक दोहोरी क्षेत्रमा एक नक्षेत्रको रुपमा स्थापित भईसकेका छन ।
वि.सं २०५७ र ०५८बाट गीत संगीतमा लागेका खत्रीको अहिले बिल्कुलैै नयाँ गीत ‘झरनाको पानी’ बजारमा ल्याएका छन् ।

आफनै ‘विष्णु खत्री’ युट्युव च्यानल मार्फत सार्वजनिक गरेको केहि घण्टामै आम श्रोता दर्शकको उल्लेख्य माया पाएको छ ।

गायक खत्रीले बजारमा ल्याएका सबैजसो गीतमा आफ्नै शव्द र लय सिर्जना रहेकोमा पछिल्लो गीतमा पनि यसको निरन्तरता देख्न सकिन्छ । गीतमा बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री र मिना लामाको सुमधुर आवाज छ ।

माया प्रेमको कथावस्तु समेटेर तयार पारिएको गीतको शव्द पनि निकै मर्मस्पर्शी छ ।

झरनाको पानी कलकल बग्यो कञ्चन
हाम्रो जस्तो जोडी यहाँ, कोहीको छैन भन्छन्

केटा : हामलाई हेर्दै घामले एकछिन डुब्न बिस्र्या रैछ
जुनले हेर्नै सकेन रे कम्ता इश्र्या रैछ

केटी :मन परेको मान्छे तिमी पाएको छु साथमा
पाए जस्तै भाछ मलाई आकाशको जुन हातमा

बहुचर्चित म्युजिक एरेञ्जर आशिष अविरलले एरेन्ज गरेको यस गीतलाई राग स्टुडियोमा रेकर्ड गरिएको थियो ।

चर्चित निर्देशक शिव बिकको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा मोडल आयुष रिजाल र अनु शाहको दम्दार अभिनय रहेको छ ।
म्युजिक भिडियो गायक खत्रीले शुक्रबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए ।

(हेरौँ म्यूजिक भीडियो )

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]