बिहिबार, जेष्ठ १५, २०७७

बागलुङमा व्यवसायीक प्याराग्लाईडिङ ! (फोटो फिचर)


  • E-pari news
  • शनिबार, कार्तिक २३, २०७६

–विजय राना
अकाशमा चरा जस्तै उड्नु त्यसको आनन्द कति होला ? उडेकाहरुलाई मात्र थाहा छ, त्यसको अद्भुत आनन्द बारे ।

प्राय साहसिक पर्यटकहरुको रुचि हुन्छ आकाशमा चरा जस्तै उड्नु, त्यसबाट आनन्द लिनु, मनोरोम दृश्यावलोकन गर्नु र त्यस्तै अन्य साहसिक खेल खेल्नु, यात्रा गर्नु ।

जोखिम मोल्न नचाहानेले त्यति धेरै आनन्द लिन पनि सक्दैन । साहसिक खेल भनेकै जोखिम मोल्न चाहानेहरुले खेल्ने खेल हो । जति आनन्द हुन्छ, संगै जोखिम पनि ।

बागलुङमा आज (शनिबार)मात्रै साहसिक खेल मध्येको प्याराग्लाडिङ गरियो, त्यही पनि समुन्द्री सतहदेखि १७ सय मिटर माथि पञ्चकोटबाट । यो खासमा परीक्षण मात्र गरिएको थियो ।

त्यसका पाईलट थिए कृष्ण बहादुर सुनुवार । स्याङ्जा घर भएका उनले बागलुङ बजारमै रहेको धवलागिरी बहुमुखी क्याम्पसको मैदानमा प्याराग्लाईडिङको सफल अवतरण गराए ।

सुनुवार भन्छन्–‘बागलुङमा व्यवसायीक प्याराग्लाईडिङको सम्भावना छ । बाटोको राम्रो पहुँच छ, आन्तरिक पर्यटकको राम्रो उपस्थिति छ त्यसैले बागलुङमा व्यवसायीक रुपमै प्यारा ग्लाईडिङ गर्न सकिन्छ ।’

 

आकाशबाट देखिने सुन्दरताको वर्णन गरि साध्य छैन । पञ्चकोट, बागलुङ बजार, हरियाली डाँडा/पाखा, हिमालको सेत्ताम्मे दन्ते लहर वर्णन गरि साध्य छैन ।

खासमा यो पञ्चकोटबाटै उडानको परीक्षण गरिएको हो । आगामी पुष महिनामा हुने बागलुङ महोत्सवलाई मध्यनजर गर्दै प्याराग्लाईडिङको परीक्षण गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए ।

‘पञ्चकोट आफैमा पर्यटकीय स्थल हो’ राजभण्डारीले भने–‘ यहाँ ठूलो संख्यामा पर्यटक आउँछन्, त्यस कारण पञ्चकोटबाटै प्याराग्लाईडिङको सम्भावना खोजिएको हो ।’

यसलाई व्यवसयीक रुपमा सञ्चालन गर्ने उद्धेश्य रहेको उद्योग वाणज्यसंघका महासचिव नरेश कँडेलले बताए । सम्भवतः बागलुङ महोत्सव पछि व्यवसायीक रुपमै प्याराग्लाईडिङ गरिनेछ । कँडेलले भने–‘बागलुङ प्याराग्लाईडिङको लागि पोखराको विकल्प बन्न सक्छ ।’

‘पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको कारण प्याराग्लाडिङ प्रभावित बनिरहेको छ, त्यस कारण पनि पोखराको विकल्प बागलुङ हो, बागलुङमा व्यवसायीक प्याराग्लाईडिङ आवश्यक छ ।’ कँडेलेको भनाई छ ।

व्यवसायीक रुपमा प्याराग्लाईडिङ गरिएमा बागलुङ, पर्वत र म्याग्दीको सुन्दर दृश्यावलोकन गर्न सकिने अधिवक्ता राम शर्माको भनाई छ ।

‘प्याराग्लाईडिङले पञ्चकोटको गरिमा बढ्छ’ शर्मा भन्छन्–‘यो बागलुङको लागि राम्रो संकेत पनि हो, यसले बागलुङलाई साहसिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्न मद्धत पुर्याउँछ ।’

बगलुङको बलेवा–कुश्मा जोड्ने बञ्जिजम्पिङ, बलेवामा सुरु गरिएको स्काई साईक्लिङ, गलकोट हटियामा गरिने छाँगारोहण, पञ्चकोटबाट गरिने प्याराग्लाईडिङ, ढोरपाटन शिकार आरक्षण केन्द्र बागलुङलाई पर्यटकीय केन्द्रको रुपमा विकास गराउने क्षेत्र हुन् ।

तस्बिरहरू

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]