बिहिबार, जेष्ठ १५, २०७७

नेकपा नेता अर्याललाई कुटिन् ढोरपाटन नगर प्रमुखकी पत्नी नेपालीले


  • E-pari news
  • सोमवार, कार्तिक २५, २०७६

डम्मर बुढा मगर, बागलुङ ।
बुर्तिबाङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माथि हातपात भएको छ । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीकी श्रीमती छेला नेपालीले नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य चन्द्र अर्याल माथि हातपात गरेको एक स्रोतले बताएको छ ।

उप–निर्वाचनको बारेमा बुर्तिबाङ स्थित दरबार होटेलमा नेकपाका नेताहरु बीच भएको बैठकमा सहभागी हुन पुगेका नेता अर्याललाई नेपालीले हातपात गरेको बताइएको छ ।

नेकपाका गण्डकी प्रदेश सचिव गोविन्द बहादुर नेपाली र राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य गौरीश्वर पाण्डेको आग्रहमा बैठकमा पुगेका थिए । होटलको प्रवेशद्वारमा रेहेकी मेयर पत्नी नेपालीले मेयर साबले माथी आउन नदिनु भन्नु भएको छ भन्दै घुच्चाउँदै छातीमा मुक्का हानेको पीडित अर्यालले बताए ।

‘म नेकपाका गण्डकी प्रदेश सचिव गोविन्द बहादुर नेपाली र राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य गौरीश्वर पाण्डेको आग्रहमा बैठकमा गएको थिएँ,’ उनले भने ‘मेयर पत्नी प्रवेशद्वारमा हुनुहुन्थ्यो, उहाँसँग हातमा लाठी र झोला थियो त्यो म माथी प्रहार गर्नुभयो ।’

उनले आफूले विभिन्न किसिमका गाली गलौज सहित अपशब्दले गाली बेइज्जती गरेको बताए ।

‘उहाँले मलाई तलाई मार्नुपर्छ, तँ यस्तो उस्तो भन्दै नराम्रो शब्दहरु प्रयोग गर्नुभयो,’ नेता अर्यालले भने ‘मलाई बाहिरी रुपमा त्यस्तो केही चोट पटक लागेको छैन, म मानसिक रुपमा घाइते जस्तो छु, मानसिक रुपमा टर्चरमा छु ।’

उनले नेपालीले दुव्र्यवहार गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अम्मर थापालाई जानकारी गराएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]