आइतवार, जेष्ठ १८, २०७७

अदालत गेटबाटै यसरी समातिए विप्लव कार्यकर्ता कुँवर (भीडियो)


  • E-pari news
  • सोमवार, मंसिर २३, २०७६

इपरी सम्वाददाता, बागलुङ ।
सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का कार्यकर्ता राम बहादुर कुँवर जिल्ला अदालत बागलुङको गेटबाट पक्राऊ परेका छन् ।

अदालतमा १५ हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटे लगत्तै कुँवरलाई प्रहरीले गिरफ्तार गरेको थियो । बडिगाड गाउँपालिका–५ का ३३ वर्षीय कुँवरलाई राज्य विरुद्धको कसुरमा पक्राऊ गरिएको थियो ।

कुँवरलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट गएको प्रहरीको समुहले गत असोज ६ गते उनको आफ्नै घरबाट पक्राऊ गरेको थियो । उनलाई बागलुङ प्रहरी कार्यालयले पर्वत प्रहरीलाई बुझाएको स्रोतले बताएको छ ।

कुँवरले कुनै राजनीतिक दलमा आस्था राख्न पाउने संवैधानिक अधिकार भएको बताएका छन् ।

पत्रकारहरुसंग कुरा गर्दै कुँवरले कुनै दलमा आस्थावान भएकै कारण मुद्धा लगाउनु संविधान विपरितको कार्य भएको बताए । उनले न्यायको लागि आफु कानुनी लडाई लड्ने समेत बताए ।

यसबारेमा अधिवक्ता केशव राज पराजुलिले प्रहरीले संविधान विपरतको कार्य गरेको बताए । धरौटी बुझाएर तारेखमा छुटेको व्यक्तिलाई पटक–पटक पक्राऊ गर्नु गलत हो पराजुलिले भने–‘प्रहरीको त्यस्तो क्रियाकलाप संविधान विपरित छ ।’
(भीडियो)

 

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]