आइतवार, जेष्ठ ११, २०७७

अनौठो पुतली नाच : भालुको पित्त भन्दै गुप्ताङ्गमा खरानी उडाईन्छ (भीडियो)


  • E-pari news
  • मङ्लबार, मंसिर २४, २०७६

बागलुङ ।
नेपाल सांस्कृतिक रुपमा असाध्यै धनि छ ।

नेपालमा बसोबास गर्ने विभिन्न जातजाति तथा समुदायका आ–आफ्नै रितिरिवाज, चाल चलन, संस्कार संस्कृति छन् । ति संस्कार संस्कृतिले नेपाललाई साँच्चिकै बहुरङ्गी बनाईरहेको छ ।

कतिपय यस्ता अनौठा खालका पर्व/संस्कृतिहरु/पर्वहरु पनि छन् जसले मानिसहरुलाई सुन्दै आश्चर्यमा पार्दछ । त्यस्तै मध्येको एक हो पुतली नाच ।
बागलुङको पश्चिम निसीखोलामा नाचिने यो पुतली नाच/होरे पर्व अनौठो प्रकारको छ । खास गरि नाचका क्रममा गाईने गीत, प्रयोग गरिने शब्द नाचका क्रममा गरिने क्रियाकलाप मानिसहरुका लागि अनौठा छन् ।

त्यहाँ प्रयोग गरिने भाषा यौन क्रियाकलापसंग सम्बन्धित देखिन्छ । भाषासँगै त्यहाँ देखिने क्रियाकलाप पनि उस्तै छ । मानिसहरुले भालुको पित्तको रुपमा गुप्ताङ्गलार्ई पुज्दछन् । त्यसको महिमा के छ ? ठ्याक्कै त थाहा छैन तर भालुको पित्त भन्दै ठूलो स्वरले चिच्याउँदै युवकको गुप्ताङ्कमा खरानी छर्किने क्रियाकलाप भने अनौठो देखिन्छ । त्यसलाई स्थानीयले फागु भट्याएको रुपमा बुझ्दछन् ।

जङ्गलमा घाँस काट्न गएका युवा युवतीहरु ठट्यौली र रत्यौली पाराका रतिरागसँग सम्बन्धित शब्द सिर्जना गरेर गाईने गरिएको फागु माघे सक्रान्तिका अवसरमा निसीमा सार्वजनिक स्थलमै गाइने गरिन्छ । त्यस्तो परम्परा माघ ३ गते एक दिन विहान १० बजेबाट साँझ ५ बजेसम्म मात्र मनाईन्छ । त्यसपछि बन्देज हुन्छ ।

‘राजाको फागु हो, यत्रै सितले, गारो पिरो नमान ‘मु…चि…ला…जस्ता शब्ददेखि कतिपय सुन्न पनि साह्रै अप्ठेरा लाग्ने शब्द समायोजन भएको फागु गीत अर्थात जसलाई होेरे गाईने भनिन्छ । त्यो दिनभर गाईन्छ । तर होरे तथा पुतली नाँच, त्यस दिन विसर्जन गरिने मूर्तिको रुपमा रहेको पुतली बिसर्जन पछि गाउन हुने परम्परा छ । जति बेलासम्म पुतली बिसर्जन गरिदैन त्यस बेलासम्म होरे गाईन्छ ।

जन विश्वासमा होरे भट्याउने कुरा बालिनालिसंग सम्बन्धित छ । होरे नभट्याए अन्न उत्पादन राम्रो हुँदैन । पशु चौपयामा रोग लाग्ने र दुःख हुन्छ भन्ने विश्वास छ । साथै होरे खेल्नाले समय अनुसार आकाशबाट पानी पर्छ भन्ने मान्यता पनि छ ।
(भीडियोमा पुतली नाच)

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]