बिहिबार, जेष्ठ १५, २०७७

आहा ! पञ्चकोट (भीडियो)


  • E-pari news
  • बुधबार, पुस ९, २०७६

इपरी सम्वाददाता, बागलुङ ।

मौषम विल्कुल सफा छ ।

बादलले घुम्टो ओढ्नै पाएन । त्यसैले पनि मानिसहरु निस्फिक्री हिमश्रृंखलाहरुको दृश्यावलोकन गरिरहेका छन् ।

बागलुङ नगरपालिका–६ मा रहेको पञ्चकोट आफैमा धार्मिक पर्यटकीय गन्तव्यको रुपमा स्थापित छ । जति धेरै त्यहाँ निर्माण गरिएको संरचनाले आकर्षित गर्छ त्यो भन्दा बढि त्यहाँबाट देखिने सुन्दर हिमश्रृखलाले मानिसहरुको मन फुरुङ्ग बनाईदिन्छ ।

दन्ते लहर खोलि हाँसेका धवलागिरी, माच्छा पुर्छे लगायतका हिमश्रृंखलाले जो कोहीको मन नलोभ्याउने कुरै भएन । त्यस कारण पनि पछिल्लो समयमा पञ्चकोटमा पुग्ने मानिसहरुको संख्या बढिरहेको छ ।

एक पटक पुगेकालाई दोहोराई/तेह्राई र पुग्दै नपुगेकालाई एक पटक पुग्नै पर्ने ठाउँको रुपमा विकसित भएको सर्वसिद्धिधाम पञ्चकोट बागलुङ सदरमुकामदेखि जम्मा ४ किलोमिटरको दुरीमा पर्दछ ।

खास गरि पञ्चकोटमा ताराजालकोट, कारिकोट, माझकोट, रायँरायँकोट र संसारकोट समावेश छन् । ति कोटहरु मध्ये अहिलेसम्म सबैभन्दा चर्चित ताराजाल कोट हो । पछिल्लो समयमा मानिसहरुले यसलाई नै सर्वसिद्धिधाम पञ्चकोटको रुपले चिन्दछन् ।

त्यहाँ गरुडको मूर्ति, रेलिङ सहितको पदमार्ग, मन्दिर, सिस महल, गणेश मन्दिर निर्माण गरि सकिएको छ भने हरियाली र रमणीय पार्क, ५ हजार ५ सय ५५ केजीको घण्टा र १ सय ८ फिट अग्लो विश्व शान्ति कलश निर्माणकै चरणमा छन् ।

भीडियोमा हेरौँ सर्वसिद्धिधाम पञ्चकोट ।
(भीडियो)

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]