बिहिबार, जेष्ठ १५, २०७७

बागलुङका मृगौला पीडितको अपिल : ‘म बाँच्न चाहान्छु, मलाई बचाउनुहोस्’


  • E-pari news
  • शुक्रबार, पुस १८, २०७६

इपरी सम्वाददाता, बागलुङ ।
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका मृगौला पीडित विपिन आलेले उपचारको लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् । उनले ‘म बाँच्न चाहान्छु, मलाई बचाउनुस’ भन्दै सहयोगको लागि अपिल गरेका छन् ।

आफ्नै बलबुत्ताले उपचार गर्ने सामथ्र्य नभएको बताउँदै देश विदेशमा रहेका सबैसँग सहयोगको लागि अपिल गरेका छन् ।

दुवै मृगौला फेल भई काठमाण्डौको सुमेरु अस्पतालमा हेमो डायलसिस गराईरहेका २२ वर्षीय आलेको उपचारको लागि परिवारले ‘विपिन आले उपचार सहयोग अभियान सुरु गरेको छ ।

उपचारको लागि आर्थिक अभाव टार्न भीमलाल आलेको संयोजकत्वमा आले बचाऊ अभियान सुरु गरिएको छ ।

उपचारकै क्रममा आर्थिक अभाव भएको र हेमोडायलसिस गराउने पैसासमेत अभाव हुन थालेपछि अभियान सुरु गरिएको रेशम आलेले बताए ।

‘उपचारको लागि कति रकम लाग्छ, त्यो त एकिन भईसकेको छैन’–‘आलेले भने तर परिवारको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा केही कठिनाई भने भईरहेको छ ।’

‘डाक्टरका अनुसार ६ महिनाभन्दा बढि अस्पतालमै बस्नु पर्छ’ भीमलालले भने–‘त्यसको लागि पनि आर्थिक व्ययभार बढिनै लाग्छ ।’

आलेको डेढ वर्ष पहिले मात्र पूजा हमालसँग विहे भएको थियो । धम्जाको लक्ष्मी माध्यामिक विद्यालयबाट कक्षा १२ पास गरेका विपिनको तीन हप्ता अघि मात्र मृगौला फेल भएको पत्ता लागेको थियो ।

आलेलाई सहयोग गर्न चाहानेले माछा पुच्र्छे बैङ्कमा पूजा हमालको नाममा रहेको खाता न. ४४४८५२४६७१२८५०१३ मा सिद्धै पैसा जम्मा गरिदिन वा विभिन्न व्यक्तिहरुलाई सम्पर्क गरि सहयोग गर्न सकिनेछ ।

भीम आले, रेशम आले, चित्र थापा, दान आले, मनरुपी आले (जापान) लोक आले (जापान) हिरा छन्त्याल (कोरिया) दम आले (मलेसिया) राजु आले (अमेरिका) योगेश छन्त्याल (अष्ट्रेलिया) मार्फत पनि सहयोग गर्न सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]