बिहिबार, जेष्ठ १५, २०७७

यसरी उडाए जैमिनीका किशोरले ड्रोन (भीडियो)


  • E-pari news
  • बिहिबार, माघ २, २०७६

इपरी सम्वाददाता, बागलुङ ।
जैमिनीका एक किशोरले ड्रोन तयार गरेका छन् ।

जैमिनी–१ कुश्मीसेराका १९ वर्षीय किशोर आयुष सापकोटाले ड्रोन बनाएर उडाएका हुन् । उनले सहारा क्लवले आयोजना गरेको माघेसक्रान्ति मेलाको अवसरमा ड्रोन उडाएका हुन् ।

हिमालय आवाशीय माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययन सापकोटाले ३५ हजार रुपैयाँको लागतमा ड्रोन निर्माण गरेका हुन् ।
बाबा विष्णु सापकोटा र आमा सिता सापकोटाका छोरा आयुषले यसभन्दा पहिले पनि सेन्सरको आधारमा गाडी रोकिने मेसिन तयार पारेका थिए ।

उनले ग्रामिण भेगमा औषधी पुर्याउने उद्धेश्य सहित ड्रोन तयार पारेको बताएका छन् । सापकोटा अध्ययनमा पनि अब्बल रहेको हिमालय आवाशीय माविका भाइस प्रिन्सिपल चित्र प्रसाद चापागाईले बताए ।

‘ऊ पढ्न पनि अब्बल छ, कक्षाको फष्ट ब्वाई हो’ चापागाईले भने–‘यसभन्दा पहिले अन्य केही काम गरेको पनि थियो विद्यालयको आशावादी विद्यार्थी हो ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]