बिहिबार, जेष्ठ १५, २०७७

खर्बाङमा आइ.टि.एफ तेक्वान्दोका ३ सय बढि खेलाडीको वेल्ट टेस्ट


  • E-pari news
  • आइतवार, फाल्गुन १८, २०७६

कमल पौडेल, बडिगाड ।

जिल्ला समन्वय समिति बागलुङका उप–प्रमुख विष्णु प्रसाद भुसालले खेल स्वास्थ्यका लागि मात्रै नभएर देशका लागि भएको भन्दै देशलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने महत्वपूर्ण माध्यम भएको बताएका छन् ।

शनिबार बागलुङ जिल्ला आइ.टि.एफ तेक्वान्दो संघले खर्बाङमा आयोजना गरेको वेल्ट टेस्ट तथा सम्मान कार्यक्रममा बोल्दै उपप्रमुख भुसालले खेल क्षेत्र र खेलाडीलाई वर्तमान सरकारले सहयोग र सम्मान गरिरहेको तर प्रयाप्त नभएको भन्दै लगानी बढाउनु पर्ने बताए ।

कार्यक्रममा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजक घम बहादुर थापाले मार्सल आर्टका खेलहरुले आत्मरक्षा बढाउने, आइपर्दा देशकै लागि योगदान दिन सक्ने भन्दै खेलाीडहरुलाई आत्मविश्वासका साथ खेल्न आग्रह गरे ।

कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष हरि बहादुर घर्ती, गलकोट नगरपालिका ११ का अध्यक्ष डम्बर श्रीस, बडिगाड गाउँपालिका वडा नम्बर २ का अध्यक्ष ढालेन्द्र शेरचन, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष लगाएतले बोलेका थिए ।

शनिबार भएको वेल्ट टेस्ट कार्यक्रममा ४२ जनाले ह्वाइट वेल्ट, ७८ जनाले एल्लो वेल्ट, ३९ जनाले ग्रिन स्ट्रिप, ३९ जनाले ग्रिन वेल्ट, ४४ जनाले ब्लु स्ट्रिप, ३० जनाले ब्लु वेल्ट, २३ जनाले रेड स्ट्रिप र २२ जनाले रेड वेल्ट प्राप्त गरेका छन् ।

सो जिल्ला स्तरीय छनौट कार्यक्रममा ३ सय ५० भन्दा बढि खेलाडीहरुको सहभागिता रहेको थियो । सोहि कार्यक्रममा पत्रकारीताको माध्यमबाट खेल क्षेत्रमा योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई सम्मान गरिएको थियो ।

कार्यक्रम बागलुङ जिल्ला तेक्वान्दो संघका संयोजक मन बहादुर घर्ती मगरको अध्यक्षता तथा सचिव प्रतिक घर्ती मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]