बिहिबार, जेष्ठ १५, २०७७

‘बाबा म त पढ्दिन बोर्डिङ, लगिदिनु स्कुल सरकारी’ (म्यूजिक भीडियो)


  • E-pari news
  • मङ्लबार, चैत्र ११, २०७६

छलिता बुढा मगर, बागलुङ ।

नेपालमा दुई प्रकारका शिक्षालयहरु छन् । एउटा निजी (बोर्डिङ) अर्को सरकारी (सार्वजनिक) । यी दुई प्रकारका शिक्षालयहरुबाट खासमा एकै प्रकृतिका जनशक्ति उत्पादन भईरहेका छन् ।

खासमा भन्ने हो भने बोर्डिङ पढेकाहरु प्रायको लक्ष्य विदेश रहेको पाईन्छ, अनि सरकारी विद्यालयमा अध्ययन गर्नेहरु पनि विदेश नै पुगेका हुन्छन् ।

यत्ति फरक छ बोर्डिङमा पढेकाहरु अग्रेजी भाषामा केही ज्यादा दखल राख्ने भएका छन् । तर सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरु त्यसमा कमजोर र नेपाली भाषामा दखल ।

त्यही पनि हाम्रो समाज यस्तो छ कि आफ्नो छोरा/छोरीलाई बोर्डिङ पढाउँदा गर्व गर्दछ तर सरकारी विद्यालयमा पढाउँदा हिनताबोध । त्यही कारण एक परिवार आफ्नो छोरीलाई पनि जबरजस्ती बोर्डिङ पढाउन बाध्य हुन्छ ।

परिस्थिति कस्तो भईदिन्छ भने आर्थिक अभावका कारण त्यो परिवारले बोर्डिङको शुल्क तिर्न सक्दैन । घर नै लिलामी हुन पुग्छ, अनि घर परिवारमा अशान्त ।

त्यही कथा बोकेको गीत हो ‘बाबा म त पढ्दिन बोर्डिङ ।’

बागलुङका सर्जक हेमराज आश्रमले लेखेको यस गीतमा बोर्डिङ स्कुलमा शुल्क बुझाउन नसक्दाको दुःख, बाल मनोविज्ञानमा परेको नकरात्मक असर र परिवारमा भएको निराशा देखाईएको छ ।

साथै सरकारी विद्यालयबाट पनि गुणस्तरीय शिक्षा प्रदान हुन सक्ने कुरा यस म्युजिक भीडियोमा देखाईएको छ । यसले सरकारी विद्यालय प्रतिको हेराईलाई बदलिदिन सक्छ ।

आफ्ना छोरा÷छोरीलाई सरकारी विद्यालयमा पढाउँदा मिलेको खुसी यस म्यूजिक भीडियोमा पाईन्छ ।

म्युजिक भीडियोमा बाल कलाकार सफल परियारले, संगिता थापा र हेमराज आश्रमले स्वर दिएका छन् । यसमा पिञ्जु मगर र संगीता थापा लगायतका कलाकारहरुले अभिनय रहेको छ ।


चम्किला ठूला हुँदैमा स्कुल, राम्रो पढाई होइनछ
सरकारी स्कुल कमजोर पढाई भनेको रहेनछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]