आइतवार, जेष्ठ ११, २०७७

बहुद्देश्यीय खेल मैदान बन्दै


  • E-pari news
  • शनिबार, बैशाख २०, २०७७

बागलुङ ।

गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा बहुउद्देश्यीय खेल मैदान निर्माणको काम अघि बढेको छ । गलकोट–६ जोइनीडाँडा र ताराखोला–४ दोगाडीमा स्तरीय खेल मैदान बन्नेछ । जोइनीडाँडामा शुक्रबारदेखि जग्गा सम्याउन थालिएको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर नेपालीले बताउनुभयो ।

खेल मैदानका लागि चालू आवमा नगरपालिकाले रु चार लाख बजेट छुट्याएको थियो । अपुग बजेट थप गरी आउँदा वर्षमा खेल मैदानलाई स्तरवृद्धि गर्दै लगिने वडा कार्यालयले जनाएको छ । खेल गतिविधि सञ्चालनसँगै सार्वजनिक समारोहका लागिसमेत मैदान उपयोगी हुने ठानिएको छ ।

मैदान बनेपछि भलिबल, ब्याडमिन्टनलगायत खेल प्रतियोगिता गर्न सहजता हुनेछ । ताराखोलामा पनि स्थानीय तहस्तरको खेल मैदान दोगाडीमा बन्ने भएको हो । बहुद्देश्यीय खेल मैदानका लागि चालू आवमा गाउँपालिको रु ४० लाख बजेट छ ।

“सम्झौता टुङ्ग्याएर आइतरबादेखि नै काम शुरु गर्ने तयारीमा छौँ”, गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भन्नुभयो, “गाउँपालिकाको केन्द्र पर्ने गरी दोगाडीलाई रोज्यौँ ।” उहाँले सुविधा सम्पन्न र स्तरीय खेल मैदान बनाइने उल्लेख गर्नुभयो ।

गाउँपालिकाले खेल मैदानका लागि केही निजी जग्गासमेत खरिद गरेको छ । खेल मैदान बन्ने अधिकांश जग्गा भने सार्वजनिक छ । खेल मैदान निर्माण गाउँपालिकाको बहुवर्षीय योजनामा छ । पूर्वाधार अभावमा जिल्लाको खेलकूद पछाडि छ । खेल क्षेत्रको विकासका लागि सरकारले पनि ‘एक स्थानीय तह, एक खेल मैदान’को नीति लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]