आइतवार, जेष्ठ ११, २०७७

बागलुङमा प्रहरी गस्ती


  • E-pari news
  • सोमवार, बैशाख २२, २०७७

बागलुङ ।
नेपालमा लकडाउन गरिएको आज ४१ दिन पुग्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म कोरोना संक्रमितको संख्या ६९ पुगिसकेको छ । आईतबार मात्र नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ६९ पुगेको हो ।

लकडाउनलाई प्रभावकारी गराउन प्रहरीले निरन्तर गस्ती गरिरहेको छ । बागलुङ बजारमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले निरन्तर गस्ती गरिरहेका छन् ।

यद्धपी लकडाउन गरेको लामो समय भएका कारण मानिसहरु प्रहरी नदेख्दाको बखतमा सडकमा निस्कने र प्रहरी देख्यो कि घर भित्र पसि हाल्ने गर्दछन् । पछिल्ला केहि दिनदेखि यस्तो अवस्था निरन्तर देख्न सकिन्छ ।

बिना काम सडकमा हिँडेको भेट्याएको खण्डमा प्रहरी नियन्त्रणमा लिएर क्याम्पसको चौरमा उभ्याएर सजाय दिने गरेको छ । लकडाउनको सुरुदेखिनै बागलुङ बजारमा प्रहरी र आम नागरिक बीच मुसा र बिरालोको खेल जस्तै दृश्य देख्न सकिन्छ ।
तस्वीरमा हेरौँ प्रहरीको गस्ती ।

तस्वीर : विजय राना ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]