आइतवार, जेष्ठ ११, २०७७

फिर्ता गरा लिम्पियाधुरा, बरु मेरो बलि चडाईदेऊ (कविता)


  • E-pari news
  • शनिबार, बैशाख २७, २०७७

–लक्षीराम आचार्य 

नालायक बरु मेरो शिर
छिनालेर लैजा
दिन सक्दैन मेरा हिमालहरु
बरु मेरो मुटु, कलेजो लैजा
तर सुम्पिन तयार छैन म
ब्रह्मदेव, प्यराताल, लालबोझी सुस्ताहरु ।

बरु लैजा टुक्राटुक्रा पारी
मेरा हात खुट्टाहरु
तर सुम्पिन सक्दैन म
विश्व्लाई चिन्न सक्ने
मेरा स्वाभिमानी न्यायका आँखाहरु ।

कति सहन सक्छु र अब त
उति बेला मेरो देश भूकम्पले
थिच्चिएको मौका पारिस
अहिले कोरोनाले कैदी बनाएको बेला
फेरि ब्यास, गुन्जी हुँदै लिपुलेकको
मेरो शरीरलाई चिरेर
आफू परेड खेल्ने दुस्साहस गर्दैछस बिस्तारवादी ।

तर किन निरीह बन्यो
मेरो देशको बहादुर सरकार ?
म सोध्दैछु उसलाई पनि
पुर्बको माने भञ्ज्याङ्बाट
ठिङ्ग पश्चिम फर्किएर ।।
मन दौडिदै नयाँ मोडमा
हिल्सा, लोमान्थाङ र किमाथांका
के गर्दैछ भनेर
अनि चौतर्फी मेरा सिमारेखाहरु
जङ्गे पिल्लरसङ्ग बोल्दैछन कि छैनन ?

बोल्नु पर्छ मेरो सरकार
मैले सोधेको प्रश्नमा
खोल्नु पर्छ सबै
के हुँदैछ मेरो देशको सिमानमा ?

सक्दैनस भने मेरो सरकार
लिपुलेक कालापानीमा
मलाई लगेर उभ्याइदे
फिर्ता गरा लिम्पियाधुरा
बरु मेरो बलि चडाईदे ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]