आइतवार, जेष्ठ १८, २०७७

लामो पुलमा घुम्न जाउँला लकडाउन खुलेपछि (फोटो फिचर)


  • E-pari news
  • बुधबार, बैशाख ३१, २०७७

बागलुङ ।
बागलुङ–पर्वत जोड्ने निर्माणाधिन पुल अहिले धौलागिरी बासीहरुको चर्चाको विषयमा छ ।

विश्वकै लामो पैदल हिँड्ने झोलुङ्गे पुल भनि दाबि गरिए पनि हालसम्म प्रमाणित कुनै आधार छैन । यद्धपी या वा त्यो ढङ्गले चर्चामा भने आईरहेको छ ।

कोभिड–१९को त्रास छ । पुल पूर्ण रुपमा बनिसकेको छैन त्यही पनि मानिसहरु दैनिक जसो त्यहाँ जाने प्रयत्न गरिरहेका हुन्छन् ।

पत्रकारको लागि रिपोर्टिङ गर्ने राम्रो स्थल बनिरहेको छ । त्यसको उद्घाटनदेखि, विभिन्न नेता तथा सांसदहरुले गरेको अनुगमन लगायतका गरि त्यसबारेमा दर्जन भन्दा बढि मिडियामा दर्जनौँ समाचारहरु आईसकेका छन् ।

मानिसहरु जबरजस्ती/सामान्य तरिकाले त्यहाँ पुगेर आफ्नो स्मार्ट फोनमा तस्वीर कैद नगर्ने त कुरै भएन ।

बागलुङ बजारको विकासको लागि राम्रो आधार मानिएको पुलले व्यापार प्रवर्धनको लागि टेवा पुर्याउने अपेक्षा गरिएको छ । खास गरि साँघुरिदै गएको बागलुङ बजारको व्यापारलाई उकास्ने व्यवसायीहरुले अपेक्षा गरेका छन् ।

लकडाउन पश्चात त्यहाँ खास गरि आन्तरिक पर्यटकहरुको भीड नै लाग्ने अपेक्षा गरिएको छ ।

कुल ९ करोड २५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको पुलको लम्बाई ५६७ मिटर र उचाइ १३८मिटर रहेको छ ।

अहिले लकडाउन भएकोले घुम्न जाने कुरै भएन, घरमै बसौँ । लकडाउन खुलेसी भने जाउँला हैत लामो पुल हेर्न ।

तस्वीर : विजय राना

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]