आइतवार, जेष्ठ ११, २०७७

उद्धार गर्न माग


  • E-pari news
  • बिहिबार, जेष्ठ १, २०७७

काठमाण्डौ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले कोरोना भाइरसका कारणले बन्दाबन्दीको अवस्थामा भारतमा अलपत्र परेका नेपाली मजदुरलाई उद्धार गर्न सरकारसँग माग गरेको छ ।

समाजका अध्यक्ष दुर्गाबहादुर केसीले आज यहाँ विज्ञप्ति जारी गर्दै ती मजदुरलाई स्वास्थ्य परीक्षण गरी नेपाल भित्र्याइ आवश्यकतानुसार आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले काम गर्ने कारखाना बन्द भएकाले भारतमा रहेका नेपाली मजदुरको अवस्था पनि दयनीय बनेको उल्लेख गर्नुभएको छ ।

“अनेकन शहरमा स–साना कोठामा झुण्डकाझुण्ड नेपाली श्रमिक बसेका छन् । उनीहरुसँग रोजगार छैन, खाना छैन, कोठाभाडाका लागि ताकेता भइरहेको छ, भोक र चिन्ताले बिरामी भएका छन्”, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा ब्रिटिशबाट भारत स्वतन्त्र भए पनि भारतले नेपालप्रति अपनाउँदै आएको नीतिमा कुनै परिवर्तन नभएको जनाउँदै कोभिड–१९को कहरका बेलामा भारतले नेपालको भूमि अतिक्रमण गरेर मानसरोवर जाने बाटो उद्घाटन गरेकोप्रति भत्र्सना गरेको छ ।

“भारत सरकारले लगातार नेपाललाई आफ्नो अधिनमा राख्न राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकरूपमा हस्तक्षेप गरिरहेको छ”, विज्ञप्तिमा भनिएको छ, “भारतले नेपालको सीमा पटक–पटक अतिक्रमण गरेको छ । यस विषयलाई अन्तरराष्ट्रियकरण गरी नेपाली भूमि फिर्ता गराउनुपर्दछ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]