बिहिबार, जेष्ठ १५, २०७७

हामी सिपाई, हिँड्यौँ देशको रक्षा गर्नलाई (फोटो फचर)


  • E-pari news
  • बिहिबार, जेष्ठ १, २०७७

दार्चुला ।
भारतले नेपाली भूमि अतिक्रमण गरेर ८० किलोमिटर सडक निर्माण गरे पछि नेपालमा त्यसको चर्को विरोध भईरहेको छ । आम मानिसहरुले नेपाल सरकार र भारतको तीब्र विरोध गरिरहेका छन् ।

नेपाली भूमि मिचिएको कि बेचिएको ? भन्ने प्रश्न समेत आन्दोलनकारीहरुले उठाईरहेका छन् ।

यस्तै अवस्थामा नेपालले बुधबारदेखि नेपाल–भारत सीमा क्षेत्र दार्चुलाको छाङरु (गागा) मा शसस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा निगरानी चौकी स्थापना गरेको छ ।

बिहिबार त्यहाँ शसस्त्रका प्रहरीहरु पुगि सिमामा गस्ती सुरु गरि सकेका छन् । खाद्य लगायतका आवश्यक वस्तुहरु हेलिकप्टरबाटै लगेर त्यहाँ गस्ती सुरु गरिएको छ ।

तस्वीरमा हेरौँ उनै सीमा रक्षक सीपाईहरू

छाङरुमा सशस्त्र प्रहरी । नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको छाङरु (गागा) मा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा निगरानी चौकी (विओपी) का लागि आवश्यक सशस्त्र प्रहरीसहित खाद्यान्न र बन्दोबस्तीका सामान झार्दै नेपाली सेनाको हेलिकप्टर ।

तस्वीर : नारायण ढुङ्गाना/रासस

हतियारसहित बन्दोबस्तीका सामान । नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्रु (गागा) मा बुधबार स्थापना गरिएकोे सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी) का लागि आवश्यक हतियार र बन्दोबस्तीका सामान ओसार्दै सशस्त्र प्रहरी । सेनाको हेलिकप्टरले केही माथि सामान झारेपछि उनीहरुले बोकेर सामान लगेका हुन् । 

तस्वीर : नारायण ढुङ्गाना/रासस

सुरक्षा सल्लाहकारसँग कुरा गर्दै भारतीय एसएसबी । दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्रु (गागा)स्थित नेपाल–भारत सीमा जोडिएको महाकाली नदीमाथिको काठेपुल (सीतापुल) मा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा इन्द्रजित राईसँग कुरा गर्दै भारतीय एसएसबीका प्रतिनिधि । साथमा छाङ्रुस्थित सुरक्षा निगरानी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द । तस्वीर :नारायण ढुङ्गाना/रासस

छाङ्रुको सीमा क्षेत्रमा गस्ती । नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका (१ छाङ्रु (गागा) मा हालै स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी) मा बिहीबार बिहान सीमा क्षेत्रमा गस्ती जाने तयारी गर्दै सशस्त्र प्रहरी । 

तस्वीर : नारायण ढुङ्गाना/रासस

सुरक्षाकर्मीद्वारा महाकाली नदी किनारमा गस्ती । नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्रु (गागा) स्थित महाकाली नदी किनारमा गस्ती गर्दै सशस्त्र प्रहरीको टोली । बुधबार स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी) बाट खटिएको टोलीले त्यहाँ बिहीबारदेखि गस्ती थालेको छ । 

तस्वीर : नारायण ढुङ्गाना/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]