बिहिबार, जेष्ठ १५, २०७७

प्रिय हाँडिकोट, तिम्रो उचाई देखेर नतमस्तक छौँ


  • E-pari news
  • शनिबार, जेष्ठ ३, २०७७

नवराज नेपाली ।
आजकल हाँडिकोटलाई भ्याई नभ्याई छ ।

कोरोना भाइरसको महामारीका बीच दैनिक जसो मानिसहरु हाँडिकोटको चुचुरोमा पुग्ने गरेका छन् ।

घाम चर्केको समय होस वा झरी परेको समय, आजकल हाँडिकोटलाई फुर्सद नै छैन । दैनिक जसो १०÷१२ जना मानिसको समुहलाई स्वागत गरिरहेको छ हाँडिकोट ।

बागलुङको दक्षिण जैमिनी नगरपालिकाको राङखानी, जैदी, छिस्तीको शिर हाँडिकोट साँच्चिकै सुन्दर र आकर्षक छ । खासमा पर्यटन क्षेत्रको लागि त्यो भर्जिन हो । पछिल्लो समयमा मानिसहरु दैनिक समुह बनाई हाँडिकोट पुगेपनि केही समय अघिसम्म खासै चर्चामा आउन सकेको थिएन त्यसैले पनि पर्यटन क्षेत्रको लागि यो ठाउँ भर्जिन हो ।

खासमा चर्चामा आउन नसक्नुका केही कारणहरु पनि छन् ।

प्राकृतिक रुपमा हाँडिकोट अत्यन्त सुन्दर छ । त्यहाँबाट निलगिरी, मानापाथी, माछा पुच्र्छे, धौलागिरी लगायतका दर्जन सुन्दर हिमश्रृंखलालाई नियाल्न सकिन्छ ।

त्यस बाहेक सतुवा, कन्दमुल, पहेँले, ढकाय, लगायतका स्वास्थ्यको लागि अत्यन्त राम्रो मानिने जडिबुटिीहरु छन् । अनि मृग, कालिज लगायतका जङ्गली जनावरहरु । खासमा मानिसहरु प्रकृतिसँग रमाउनकै निम्ती त्यहाँ पुग्ने गरेका छन् ।

लकडाउनको समयमा देश विदेशबाट गाउँ गएकाहरुले हाँडिकोट पुगेर समयको राम्रो सदुपयोग गरिरहेका छन् ।

प्राकृतिक रुपमा सुन्दर र आकर्षक छ हाँडिकोट । तर स्थानीय तहको ध्यान भने त्यहाँ पुग्न सकेकै छैन ।

मानिसहरुले त्यहाँ सामान्य पूर्वाधारहरु बनुन् भन्ने मात्र चाहिरहेका छन् । कम्तिमा बाटो राम्रो होस, सौचालय र पानीको व्यवस्था होस, हाँडिकोट पुगे पछि त्यो भेगका मानिसहरुको जीवन झल्किने केही आर्ट (कलाकारिता) निर्माण होऊन भन्ने चाहिरहेका छन् जसले गर्दा त्यहाँको सुन्दरतालाई सुनमा सुगन्ध थपोस ।

विडम्बना हाँडिकोटको विकासको लागि प्रदेश सरकारले बिनियोजन गरेको बजेट समेत जैमिनी सरकारलाई अहिलेसम्म थाहै छैन । ४० लाख रुपैयाँ बिनियोजन भएकोमा अब नगरपालकालाई थाहै नभई फ्रिज हुने अवस्थामा पुगेको छ । जैमिनी नगरले ध्यान पुर्याउन सकेकै छैन ।

यसमा सरकारसँगै हामीहरु स्थानीय नागरिकबाट समेत यसको प्रचार प्रसार, पूर्वाधार निर्माणमा खासै ध्यान पुर्याउन सकेनौँ ।

यस्तो अवस्थामा २१९५ मिटर उचाई रहेको प्रिय हाँडिकोट तिमी प्रति हामी नतमस्तक छौँ । किनकी तिम्रो उचाई जति छ त्यति हामी मानिसहरुले गर्नै सकेनौँ, गर्न तर्फ ध्यान नै दिएनौँ त्यसैले तिम्रो त्यो प्राकृतिक सुन्दरता र उचाई देखेर हामी जैमिनीबासी नतमस्तक छौँ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]