बिहिबार, जेष्ठ १५, २०७७

बागलुङ–पर्वतबाट एकैदिन २ ट्याक्टर चोरी, दुई किशोर पक्राऊ

सिसि क्यामरा र आधा दर्जन चेकपोष्ट छल्दै कसरी पुग्यो सराङकोट ?


  • E-pari news
  • आइतवार, जेष्ठ ४, २०७७

बागलुङ ।
बागलुङ र पर्वतबाट एकैदिन दुईवटा ट्याक्टर चोरी भएको छ । चोरी भएका ट्याक्टर कास्की जिल्लाको वडा न. १८ सराङकोटबाट नियन्त्रणमा लिईएको छ ।

केहिदिन अघि बागलुङ नगरपालिका–२ हाडेपाखाका अञ्जान शर्माको नाममा रहेको ध १ त ५४७ नम्बरको ट्याक्टर चोरी भएको थियो । त्यही दिन नै पर्वतबाट पनि लु ४ त ३२४६ नम्बरको ट्याक्टर चोरी भएको जिल्ला प्रहरी कार्यालय पर्वतका विकाश थापाले जानकारी गराउनु भयो ।

लकडाउनु सुरु हुनुभन्दा केही दिन पहिले किनेको ध १ त ५४७ नम्बरको ट्याक्टरमा ढाला जोड्नको लागि बागलुङ नगरपालिका–४ उपल्लाचौरमा रहेको अस्मिता अटोमोबाईलमा राखेको समयमा त्यहीँबाट राति चोरी भएको बागलुङ नगरपालिका–४ का क्षेत्रबहादुर केसीले बताउनु भयो ।

‘ढाला जडानको लागि ग्यारेजमा राखेका थियौँ’ क्षेत्रीले भन्नु भयो–‘भोलिपल्ट बिहान आउँदा ट्याक्टर थिएन, त्यसपछि १०० मा फोन हानेर प्रहरीलाई जानकारी गरायौँ, पछि साराङकोटमा भेटियो भन्ने खबर आयो ।’

दुईहप्ता अघि भएको त्यस घट्नामा संलग्न रहेको आरोपमा २ जना किशोरलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । बलेवा क्षेत्रका रहेका ति किशोर १८ वर्ष भन्दा मुनिका रहेको प्रहरीले बताएको छ ।

लकडाउनका कारण कडा चेकिङ भईरहेको समयमा पनि ट्क्याटरलाई बागलुङ–पर्वत हुँदै साराङकोट पुर्याईनु आश्चर्य भएको केसीको भनाई छ ।

बागलुङदेखि सराङकोटसम्म पुग्दा आधादर्जन ठाउँमा चेकजाँच हुन्छ । बागलुङ मालढुङ्गामा सिसि क्यामेरा जडान गरिएको छ । बागलुङ मालढुङ्गा, पर्वत जिल्ला प्रहरी कार्यालय अघि, कुश्मा बजारमा चेकजाँज गरिन्छ । साथै दोबिल्लामा शसस्त्र प्रहरी, डिमुवा, नयाँपुल, नौ डाँडा र सराङकोटमा प्रहरीले चेकजाँच गरिरहेको हुन्छ, ति सबै चेकजाँच छल्दै साराङकोट पुर्याईनु आश्चार्य हो ।

यस बारेमा जिल्ला प्रहरी कार्यालय बागलुङले ट्याक्टर चोरी गर्नेहरूले चेकपोष्टमा ढाँट्दै साराङकोटसम्म पुरएको हुनसक्ने बताएका छ ।

रातको समयमा उनीहरुको लाईसेन्ट जाँच नगरिने भएकोले पनि प्रहरीलाई झुकाउन सजिलो भएको हुन सक्ने बताईएको छ ।

पार्टपूर्जा बेच्नका निम्ती उनीहरुले ट्याक्टर चोरी गरेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]