आइतवार, जेष्ठ ११, २०७७

जैमिनीको शान हाँडिकोट, जहाँबाट राजा ऋतिक र रानी जयन्तीले राज्य गरे

गलकोटे राजा जितारी मल्लले आक्रमण गरेपछि ढल्यो राज्य


  • E-pari news
  • आइतवार, जेष्ठ ४, २०७७

–याम पुन, बागलुङ ।

परिचय
हाँडिकोट टापु बागलुङ जिल्लाको दक्षिण भेगको जैमिनी नगरपालिका कार्यालय कुश्मीसेरादेखि अनुमानित १५ किलो मिटर उकालो वडा न. (१०, ७ र ८) राङखानी जैदी र छिस्ती (साबिक राङ्खानी, जैदी र छिस्ती गा. बि. स.) को शिर हो । जो समुन्द्री सतहदेखि २१९५ उचाइमा अवस्थित छ ।

इतिहाँस

पर्यटकीय रुपले हाँडिकोटको विकास गर्न सकेको खण्डमा जैमिनीको समृद्धिलाई पक्कै पनि ठूलो टेवा पुग्ने छ । हाँडिकोट एक ऐतिहाँसिक ठाउँ जहाँ ‘बि.स. १६३१ भन्दा पहिले बाइसे चौबिसे, भुरे टाकुरे राजा हरुको पालामा राजा ऋतिक र रानी जयन्तीले राज्य गर्दथे’ भन्ने भानाइ छ । जहाँ रानीले कपाल कोर्ने ढुङ्गा, दुश्मनको आक्रमणबाट बच्ने रानी लुक्ने दुलो, (सुरुङ), पानी खाने, रानी पधेरो, राज्यको राजा रानी लगायत हाँडिकोट राज्यलाई सुरक्षा दिने पाले बस्ने ढोका, ढोकामा पाले बस्ने ढोकेहरुका सन्तानहरु राङखानीमा अझै पनि छन ।

हाँडिकोट राज्यको कमाई खाने खेत जैदी/छिस्तीको पुत्लि गरा खेत थियो (जुन खेत अहिले जैमिनी नगरका मियर इन्द्रलाल पौड्यालका खान्दान जिजु पुर्खाको हातमा गएकाे) भन्ने स्वयम नगर प्रमुख पोडेल बताउनु हुन्छ । हाँडिकोट राज्यको अन्त्य बि.स १६३१ तिर त्यहाँका राजा–रानी आफ्ना फौजहरु लिएर जैदीको पुत्लि गरा खेतमा धान रोप्न जाँदा ढोकामा बस्ने पालेले बैमान गर्दा (भने बमाेिजम काम नगर्दा ) गलकोटे राजा जितारी मल्लको फौजले आक्रमण गरि हाँडिकोट राज्य कब्जा गरेको र त्यो बेला आक्रमणमा विजय प्राप्त गरे पछि त्यो ठाउँमा बाजा बजाइदिए पछि त्यो ठाउको सबै ऐतिहाँसिक संरचना नस्ट हुन्थ्यो/गरिन्थ्यो ।

बि.स १६३१ मा गलकोटे राजा जितारी मल्लको फौजले हाँडिकोट राज्य विजय प्राप्ती पछि त्यहाँ बाजा बजाइदिएको हुनाले हाँडिकोटमा रहेको बाइसे/चौबिसे, भुरे टाकुरे राज्यको केही ऐतिहाँसिक चिज नभएको हो भन्ने भनाई छ । यी ऐतिहासिक कुराहरुको उत्खनन् र लेखन नभएका मत्रै हुन । अरु पनि यस्ता धेरै एतिहाँसिक चिजहरु हाँडिकोटमा छन । जहाँ २०३१ सालदेखि २०५१ सम्म साधु साधुनी बस्थे । २०५१ मा साधुको मृत्यु पछि २०७३ सम्म सधुनी एकलै बसेको हामीले प्रतक्ष देख्न पायौँ । त्यहाँ शिलालेखहरु अहिले पनि सुरक्षित छन् ।

हाँडिकोट एतिहाँसिक रुपले साच्चिकै धनि छ । सम्बन्धित व्यक्तित्व तथा निकाएको ध्यान नपुग्दा हाँडिकोटको विकास पछडी परेको हो, त्यसमा कुनै दुई मत छैन । यसको इतिहाँस लेख्ने र खोज्ने कामहरु केही व्यक्ति विशेषहरुबाट पहल सुरु भईरहेको छ ।

सुन्दरता

त्यस्तै हाँडिकोटको धुरी (टापु) बाट नेपालको १२ जिल्ला देखिन्छ भन्ने छ, भने धौलागिरी, निलगिरी, अन्नपूर्ण, मानापाथी, माछापुच्र्छेे लगायत अन्य हिमालहरु देख्न सकिन्छ ! सतुवा, लसुने, कुकुर दाइने, पहेँले लगाएत २६ हजार जडिबुटी यहाँ छन भन्ने भनाई छ । साथै कालिज, मृग खारायो चितुवा लगायतका जंगली जनावरहरु पाइनुका साथै खर्सु, उत्तिस, झ्यानो, सिर्बो लगाएत विभिन्न प्रजातीहरुका बनस्पतीहरु हाँडिकोटमा रहेका छन् ।

भाबी योजना 

जैमिनी नगरपालिकाले आर्थिक वर्ष २०७६ र ०७७ को बजेटमा हाँडिकोट समग्र विकासकोे लागि सौभाग्य स्थल , पवित्र स्थल , मार्मिक स्थल, सौन्दर्य स्थल र विश्व गन्तव्य स्थल गरि मुख्य ५ स्थल गरि भ्यु टावर लगाएत ४५ र ५० स्थल बनाउने गुरुयोजना तयार भएको छ । जस मध्ये तस्विरमा राखिएको ५ स्थल मध्यको मार्मिक स्थल हो । जुन तस्बिर हाँडिकोट मेला २०७६ फागुन २५ मा कैद गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]