आइतवार, जेष्ठ ११, २०७७

प्रदेश नं २ मा कोरोना सङ्क्रमित १३१


  • E-pari news
  • सोमवार, जेष्ठ ५, २०७७

जनकपुरधाम ।
प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ । समाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्याङ्कअनुसार यस प्रदेशमा आइतबारसम्ममा १२२ जना कोरोना सङ्क्रमित थियो । आज बिहान ९ जना थपिएपछि यो सङ्ख्या १३१ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज बिहान जारी गरिएको विज्ञप्तिमा यस प्रदेशअन्तर्गतका रौतहटका आठ र बाराका एक गरी नौ जना कोरोना सङ्क्रमित पुष्टि भएको उल्लेख गरिएको छ ।

आज बिहान थपिएका नौ जनामा रौतहटको इशनाथपुर नगरपालिकाको २, ३, ६ र ९ वडाका २१ देखि ३० वर्षसम्मका सात जना पुरुष, माधवनारायण नगरपालिका–३ की २८ वर्षीया महिला र बारा जिल्लाको करैयामाई–५ का ३८ वर्षीय पुरुष छन् । यस प्रदेशको आठ जिल्लामध्ये सोमबार बिहानसम्म रौतहटमा २१, बारामा पाँच, पर्सामा ९१, धनुषामा पाँच, महोत्तरीमा चार, सर्लाहीमा तीन, सप्तरी र सिरहामा एक÷एक जना कोरोना सङ्क्रमित छन् । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]