आइतवार, जेष्ठ ११, २०७७

तीन दशकसम्म उस्तै आवश्यकताको गीत : ‘छोडछोड विस्तारवाद, नेपाल भूमि छोड’


  • E-pari news
  • सोमवार, जेष्ठ ५, २०७७

बागलुङ ।

जनवादी गायक जीवन शर्माले ‘छोड–छोड विस्तारवाद नेपाल भूमि छोड’ भन्ने गीत २०५१ सालमा लेख्नु भएको थियो ।

त्यतिखेर नेपाली युवाहरुले कालापानी पुग्ने अभियान चलाएका थिए । भारतीय सेनाल कालापानी, पशुपति नगर लगायतका नेपाली भूमि मिचेर बसेकोले युवाहरुले त्यस नेपाली भूमि फिर्तिको माग गर्दै अभियान चलाएका थिए । खासमा त्यही समयकोे गीत हो ‘छोड–छोड विस्तारवाद नेपाल भूमि छोड ।’

आज २०७६ मा आउँदा पनि त्यो गीत उत्तिकै सान्दर्भिक छ । भारतीय सेनालाई नेपाल भूमि छोड भनेर निरन्तर भन्न थालेको पनि २६ वर्ष पुगि सक्यो तर कालापानीबाट भारतीय सेनाहरु जाने त धेरै टाढाको कुरा हो दर्जन भन्दा बढि नेपाल भूमि भारतले मिचिरहेको छ ।

भारतीय मिचाहा प्रवृतिको कारण पनि यो गीतको सन्दर्भ रहिरहेको विश्वास छ जनवादी गायक जीवन शर्मालाई ।

भारतले ९० किलोमिटर नेपाली भूमि मिची मानसरोबर जाने बाटो बनाएपछि यो गीतको झन धेरै खोजि हुन थालेको छ । धेरै मानिसहरु सामाजिक सञ्जालमा उनै जनवादी गायक शर्माको छोड–छोड विस्तारवाद नेपाल भूमि छोड भन्ने गीत हेर्ने, सेयर गर्ने गरिरहेको पाईन्छ ।

नेपाली भूमि मिचेर भारतले बाटो बनाए पछि भारतको मिचाहा प्रवृति फेरी सतहमा देखिएको छ । अहिले त्यसको चौतर्फी विरोध भईरहेको छ । त्यसैले पनि अहिले ‘छोड–छोड विस्तारवाद नेपाल भूमि छोड’ गीत बढि नै खोज्न थालिएको छ ।

नेपाली भूमि मिचेर भारतले बाटो बनाएको पछिल्लो ताजा घट्ना हो । सुस्ता, कालापानी लिपुलेक लगायतका दर्जनभन्दा बढि भूमि भारतले मिचिरहेको छ ।

यस्तो अवस्थामा जो कोही नेपालीको रगत न उम्लने कुरै भएन । त्यस्ता युवाहरुलाई यो गीतले थप उर्जा दिने भएकाले पनि धेरै युवाहरुले यो गीत खोज्ने र सुन्ने गरेको पाईन्छ ।

जीवन शर्मा, निलिमा पुन लगायतका कलाकारहरुले स्वर तथा संगीत भरेको यस गीतमा ‘सर्वहारा वर्गको राज भएमा लालि गुराँस फूल्ने छ हाम्रो आगनमा, राष्ट्रिय मूक्तिको नयाँ विहानमा चन्द्र सूर्य चम्किने छ नयाँ गगनमा ।’ उल्लेख छ । समय सान्दर्भिक, शब्द, संगीत, प्रस्तुतिमा उत्कृष्टता भएकै कारण पनि यो शक्तिशाली गीत रहेको रक्तिम सांस्कृतिक अभियानका नारायण शर्माको भनाई छ ।

नेपाली भूमि कालापानीमा अहिले पनि भारतीय सेना बसिरेहेका छन्, उनीहरुलाई नेपाल भूमिबाट नहटाई नेपाल स्वतन्त्र बन्न सक्दैन त्यसैले उनीहरुलाई दह्रोसँग भनिएको छ–‘छोड–छोड विस्तारवाद, नेपाल भूमि छोड ।’

जब नेपालको राष्ट्रिय स्वाधिनता गुम्ने, सिमा मिचिने परिस्थिति बन्छ तब आम नेपाली एक हुनु पर्छ । एक हुनुको विकल्प छैन । जबसम्म एक हुन सक्दैनौँ हामी स्वाधिन बन्न सक्दैनौँ र मिचिएको भूमि फिर्ता गर्न सक्दैनौँ

त्यो परिस्थिति नबन्दासम्म छोड–छोड विस्तारवाद नेपाल भूमि छोड गीतको सान्दर्भीकता पनि मर्ने छैन ।

शर्माको विश्वास छ –‘जबसम्म विस्तारवादीहरुले नेपाल माथि थिचो मिचो गरिरहन्छन्, तबसम्म यो गीतको खोजी अझ धेरै हुनेछ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]