आइतवार, जेष्ठ ११, २०७७

केही तस्वीरहरु (फोटो फिचर)


  • E-pari news
  • बुधबार, जेष्ठ ७, २०७७

बागलुङ ।

क्यालिफोर्नियाको जोशऊ ट्रि नेशनल पार्कमा टेन्ट मिलाउँदै एक जोडी । विस्तारै कोरोना भाईरसका नयाँ संक्रमण कम हुँदै गएपछि यो पार्क पुनःखुल्ला गरिएको छ ।

तस्वीर :एपी

दक्षिण कोरियामा विद्यार्थीहरुले खाना खाँदै । सम्भावित कोरोना भाइरसको नयाँ संक्रमण नहोस भन्ने उद्धेश्यले त्यहाँ प्लाष्टिक बार लगाईएको छ । त्यहाँका विद्यार्थीहरु बुधबारदेखि विद्यालय जान सुरु गरेका छन् ।तस्वीर : एपी

ईजरायलको समुन्द्री किनारमा देखिएका मानिसहरु । त्यहाँ कोरोना भाईरसको महामारीको कारण हिँडडुल गर्न प्रतिबन्ध लगाईएता पनि मानिसहरु यसरी खुलमखुल्ला हिँडिरहेका छन् । 

तस्वीर : सिन्हा

दार्चुला जिल्लाको छाङरुबाट देखिएको भारतले मिचेको भूभाग (नदीको माथिल्लो भेगमा देखिएको हिउँसहितको पहाड) । बीचमा काली नदी छ । काली नदीको बायाँको भूभाग भारत हो भने दायाँ नेपाल हो । दोभान माथि बीचमा देखिएको हिउँसहितको पहाडको बायाँ लिम्पियाधुराबाट काली नदी आउँछ । त्यो पहाडको दायाँबाट लिपुलेक कालापानी हुँदै लिपु खोला बग्छ । गुञ्जी दोभानमा आएर मिसिन्छ । छाङरुबाट गुञ्जी १० किलोमिटरको दूरीमा छ । त्यही लिपुखोलालाई काली दावी गरेर भारतले त्यस उता लिम्पियाधुरासम्मको भूभाग भारतले अतिक्रमण गरेको छ । उक्त पहाडमा गुञ्जी, कुटी, नावीलगायत गाउँ पर्छ । बुधबार सरकारले यो सबै भूभाग समेटेर नेपालको नक्सा सार्वजनिक गरेको हो । 

तस्वीर : नारायण ढुङ्गाना/रासस

म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा म्याग्दी नदी नियन्त्रण योजना निर्माणका लागि बुधबार ढुङ्गा सङ्कलन गर्न श्रमदान गर्दै स्थानीयबासी ।

तस्वीर : सन्तोष गौतम/रासस

यमनमा ट्रकमा कोरोनाभाईरसको संक्रमणलाई नष्ट गर्न किटाणुनाशक औषधी छर्किदै । 

तस्वीर : मोहमद मोहमद/सिन्हा

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]