आइतवार, जेष्ठ ११, २०७७

रिना केसीको भँगेरी पछि ‘सम्झना’ आयो


  • E-pari news
  • बिहिबार, जेष्ठ ८, २०७७

बागलुङ
भंगेरी चरीबाट निकै चर्चाको शिखर पुगकी लोक तथा दोहोरी गायीका रिना केसी फेरी दर्शक श्रोता माझा ‘सम्झना’… (कति मिठो मायाँको बोली आज भन्दा सम्झना झन भोली) गीतको साथमा आउनु भएको ।

रामु रिजाल र गायीका केसीको स्वरमा रहेका उक्त दोहोरी गीत अहिले टिकटकमा भाईरल भएको छ । विश्वव्यापी कोरोनाको जोखिम बढदै गएको बेला यो लकडाउनको समयमा दर्शक तथा श्रोतालाई घरमै बसेर गीत हेर्न र सुनाउनका लागि गीतको भिडियो युबट्युब मार्फत सार्वजनिक गरिएको छ ।

गायक रिजालकै शब्द रहेको गीतको लय अमित विश्वकर्माले बनाउनु भएको छ भने संगीत संयोजन तारानाथ आचार्यले गर्नु भएको छ। अमित विश्वकर्मा र शान्ता परियारको कोरस स्वर रहेको गीतलाई डिजिटल रेकर्डिङ स्टुडियो प्रा.लि मार्फत युबट्युबमा सार्वजनिक गरिएको छ ।

बुधबार सार्वजनिक भएको उक्त लोकदोहोरी गीतको भीडियो निर्देशन तारानाथ आचार्यले गर्नु भएको भने, कृष्ण रेउले र रुविना अधिकारीको अभिनय रहेको छ । मनोज कार्कीको सम्पादन गरेको भीडियोको कोरियोग्राफी होम गुरुङले गर्नु भएको छ ।

दर्शक श्रोताले जसरी भंगेरी चरीलाई मायाँ गरेर करोड भ्यवर पुर्याउनु भयो त्यसै गरी यस गीतलाई मायाँ गरिदिनेमा गायीका केसी विश्वस्त रहेको बताउनु भयो । यो भीडियो यूट्युबमा मात्र नभएर टिकटकमा पनि भाईरल भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]