आइतवार, जेष्ठ ११, २०७७

बागलुङको शुभेक्षा एफ.एमले हिन्दी गीत नबजाउने


  • E-pari news
  • शनिबार, जेष्ठ १०, २०७७

बागलुङ ।

बागलुङको जैमिनी नगरपालिका–१ बाट प्रशारित शुभेक्षा एप.एमले हिन्दी गीत नबजाउने निर्णय गरेको छ ।

शुक्रबार विज्ञप्ती जारी गर्दै हिन्दी गीत नबजाउने निर्णय गरेको हो । नेपाल भारत सिमा विवाद भएपछि भारतीय मिडियाहरुले नपाललाई बिभिन्न लान्छना लगाउन थालेपछि एफ.एमबाट हिन्दी गीत नबजाउने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

हामी भारतीय मिडियाहरु जस्तो पत्रकारिताको नीति बिर्सेर पेशागत मर्यादामाथि आँच आउन दिँदैनौँ तर, हामी चुप बस्न भने सक्दैनौँ । हामी हाम्रो भूमिका लागि एकजुट हुने बेला आएको छ । नेपाली कला र गलालाई हामी संधैव सम्मान र प्रोत्साहन गर्दछौँ । ‘त्यसैले शुक्रबारदेखि जैमिनी नगरपालिका १ कुश्मिसेरा बागलुङबाट प्रशारित हाम्रो यस शुभेक्षा एफ एम ९६.६ मेगाहर्ज मार्फत हिन्दी गीतहरु बजाउन पूर्ण रुपमा बन्द गरिएको छ ।’ विज्ञप्तीमा लेखिएको छ ।

त्यस्तै अन्य भारतीय सामग्रीहरुको पनि प्रशारण गरिनेछैन । श्रोताहरुलाई पनि स्वाभिमानी नेपाली भै बाँच्न र नेपालीत्व ग्रहण गर्न आग्रह गर्दछौँ । विज्ञप्तीमा लेखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]