आइतवार, जेष्ठ ११, २०७७

मदिराले घरेली हिँसा बढेको भन्दै बडिगाडमा ४ सय लिटर मदिरा नष्ट


  • E-pari news
  • शनिबार, जेष्ठ १०, २०७७

कमल पौडेल,खर्बाङ ।
बडिगाड गाउँपालिका वडा नं. २ मा मदिराको कारण घरेलु हिँसा बढेको भन्दै घरेलु मदिरा नियमन गर्न प्रहरी सहित जनप्रतिनिधि तथा स्थानीयहरु अग्रसर बनेका छन् । यसै बीच साविक दगातुन्डाडा गाविस वडा नं. ६ मा रहेका होटल, भट्टी पसलहरुको अनुगमन गरिएको छ ।

प्रहरी चौकी खर्बाङका प्रमुख प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेको नेतउत्व तथा त्यहाँका आमा समुह, दिपज्योती युवा परिवार, स्थानीय नगारिक सहितको सक्रियतामा अनुगमन गरि ४ सय लिटर मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको छ ।

प्रहरी चौकी खर्बाङ अन्तरगत बडिगाड गाउँपालिकाको वडा नं. १ दगातुन्डाडा, वडा नं. २ खर्वाङ, वडा नं. ३ सिसाखानी तथा गलकोट नगरपालिकाको वडा नं. ११ रिघा क्षेत्रमा समेत अनुगमनलाई थप प्रभावकारी बनाउने र वडा नं. २ को अनुगमन वाँकी रहेका खर्बाङको बाँकी बजार क्षेत्र, दनिया, जिमि, सक्न्यार लगाएतका क्षेत्रमा तत्कालै अनुगमन गरिने प्रहरीले जनाएको छ ।

यता साविक वडा नं. ६ मा रहेको हाँडिखोला, गिरिङ्दी, सिमलचौर, गहते लगाएतका क्षेत्रमा बाहिरबाट मदिरा ल्याईएको भन्दै स्थानीय आमा समुह, युवा परिवार तथा स्थानीयले मदिरा बेचविखन नगर्न आग्रह गरेका छन् ।

कोरोना भाइरसको कारण देश नै बन्दाबन्दिको अवस्थामा रहेको बेला मदिराको अवैध उत्पादन तथा बेचविखनले घरेलु हिँसा बढेकोले यसको नियमन गर्न लागिएको वडा सदस्य सुर्य बहादुर अधिकारीले जानकारी दिनु भयो ।

युवाहरु समेत कुलतमा फसिरहेकोले युवाहरुको संयुक्त प्रयासमा मदिरा नियमनको लागि अभियान सुरु गरिएको दिपज्योती युवा परिवारका अध्यक्ष होमनाथ खरेलले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]