आइतवार, जेष्ठ ११, २०७७

विदेशबाट फर्किन चाहनेको तथ्याङ्क सङ्कलन गर्दै गाउँपालिका


  • E-pari news
  • शनिबार, जेष्ठ १०, २०७७

स्याङ्जा ।
फेदीखोला गाउँपालिकाले विदेशबाट फर्किन चाहनेको नामावली सङ्कलन गर्न शुरु गरेको छ । कोरोनाको महामारीसँगै विदेशमा रहेका गाउँपालिकावासीको तथ्याङ्क सङ्कलनका लागि मोबाइल एप्स सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले विदेशमा रोजगारी गुमाएर समस्यामा परेका नेपाल आउन चाहने गाउँपालिकाबासीको तथ्याङ्क सङ्कलन गरिएको र अहिलेसम्म ४०० बढीले आवेदन दिइसकेको बताउनुभयो ।

विदेशबाट फर्किएकालाई युवा स्वरोजगार बंैकमार्फत रोजगारी दिने योजनामा गाउँपालिका रहेको अध्यक्ष सुवेदीले बताउनुभयो । सुवेदीले भन्नुभयो, “वैदेशिक रोजगारीबाट फर्किएका समूहमा काम गर्न चाहने युवाको समूहलाई रु पाँच लाखसम्म बिनाधितो ऋण दिन्छौँ ।” युवालाई गाउँमै राख्न सक्ने अवस्थाको निर्माण नहुँदासम्म देशको विकास सम्भव नभएको बताउँदै जतिसक्दो गाउँघरमै रोजगारी सिर्जना गर्ने अभियानमा गाउँपालिका रहेको सुवेदीले बताउनुभयो ।

कृषि, पशुपालन र घरेलु उद्योग गर्न चाहने युवाहरुको समूहलाई बिनाधितोमा ब्याज तिर्नु नपर्ने गरी लगानी गरिने सो रकम किस्ताबन्दीमा पाँच वर्षसम्म फिर्ता गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।(रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

Social

हाम्रो टिम

सम्पादक : विजय राना
सह-सम्पादक : डम्मर बुढा मगर
अतिथि सम्पादक : कमल पौडेल

संवाददाता
कमल राना (जैमिनी)
पुर्णभद्र निउरे (ताराखोला)
सुवास नेपाली (खर्बाङ)

हाम्रो बारेमा

लेखन नेपाल मिडिया प्रा.लि.
बागलुङ नगरपालिका-३, बागलुङ
सूचना विभाग दर्ता नं. : १२२१/०७५/०७६
फोन नं.:०६८-५२०९२२
मोवाइल नं.: ९८५७६३५८७२
ईमेल: [email protected]